यस कान्ति बाल अस्पतालमा आ.ब. २०७९/०८० को लागि स्वीकृत अस्थायी दरवन्दीमा ICU करार सेवामा नियुक्ति गर्न नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ, स्टाफ नर्स (पाचौ तह) बिज्ञापन नं १-०७९/०८० को मिति २०७९/०६/२९ गते लिखित परिक्षामा सामेल भएका जम्मा ५३६ जना उम्मेदवारहरु मध्येबाट तपशिलमा उल्लेख भएका लिखित परीक्षामा उच्चतम अंक प्राप्त गरेका- देहायमा उल्लेखित उम्मेदवारहरुलाई निम्न मिति, समय र स्थानमा अन्तवार्तामा सामेल हुन सुचित गरिन्छ ।

नोट:-
अर्न्तवार्ता सुरु हुनु भन्दा १ घण्टा अगावै आफ्नो शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्र र प्रवेशपत्र सहित सहभागी हुनको लागि सुचित गरिन्छ ।
सि.न. १ देखि २१ सम्मका उम्मेदवारहरु २०७९/०७/०२ गते बुधबार बिहान ९:०० बजे
सि.न. २२ देखि ४२ सम्मका उम्मेदवारहरु २०७९/०७/०२ गते बुधबार दिउसो २:०० बजे
सि.न. ४३ देखि ६४ सम्मका उम्मेदवारहरु २०७९/०७/०३ गते बिहिबार बिहान ९:०० बजे

अन्र्तवार्ता हुने स्थान:
कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौ।

मिति २०७९/०६/३० गते प्रकाशित सुचनामा स्टाफ नर्सको नतिजा अंग्रेजी वर्णानुक्रम अनुसार हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । साथै अन्तवार्तामा उपस्थित हुदाँ यसैबमोजिमको वर्णानुक्रमलाई आधार मानी उपस्थित हुन अनुरोध गरिन्छ ।

Click To View Or Download Notice Details