यस अस्पतालको दैनिक सुरक्षा तथा सरसफाई सम्बन्धी कार्य संचालनको लागि आवश्यक पर्ने सुरक्षा गार्ड र सरसफाई कामदार सेवा खरिद गर्न ठे.सू.नं. ८/०७८/७९ सुरक्षा गार्ड सेवा र ठे.सू.नं. ५/०७८/७९ सरसफाई कामदार सम्बन्धी मिति २०७८।१२।१० मा प्रकाशित सूचना यस अघि सोही कामको लागि रद्द भै पुनः दोस्रो पटक १५ दिने सूचना प्रकाशन गरी आव्हान गरिएको र मिति २०७८।१२।१७ गते भएको प्रिविड बैठकमा सम्बन्धित फर्म/व्यवसायीहरुले उठाएको विषयमा तपसिल बमोजिम हुने गरी यस अस्पतालको मिति २०७८।१२।२१ मा निर्णय भएको हुँदा सम्बन्धित सवै बोलपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल :

१. न्यूनतम पारिश्रमिक रकम वृद्धि सम्बन्धमा : हालको खरिद प्रक्रिया पुरानै खरिद प्रक्रियाको निरन्तरता भएको र लागत अनुमान पनि पूर्व स्वीकृत भए अनुसार नै रहेकोले हाललाई संशोधन गर्न नसकिने ।

२. रिटेन्सन बापत ५ प्रतिशत कट्टा हुने रकम सम्बन्धमा : प्रचलित आर्थिक ऐन नियममा भएको व्यवस्था वमोजिम हुने।

३. बोलपत्र तयार गर्ने र पेश गर्ने निर्देशनमा उल्लेखित बँदा सम्बन्धमा : ठे.सू.नं. ८/०७८/७९ सुरक्षा गार्ड सेवा आपूर्ति सम्वन्धी वोलपत्र तयार गर्ने र पेश गर्ने निर्देशनको पाना नं. ३० को बुँदा नं. ७ र पाना नं. ३२ को बोलपत्र स्वीकृत सम्बन्धीको बुँदा (घ) मा उल्लेख भएको शर्तहरु एक आपसमा बाझिएको हुँदा पाना नं. ३२ को उक्त बुँदा (घ) खारेज गरिएको छ ।

Click To View Or Download Notice Details