सुचना ! सुचना !! सुचना !!!
कान्ति बाल अस्पतालको कर्मचारी आवश्यकता सम्बन्धी मिति २०७७-०६-२८ गतेको गोरखापत्रमा प्रकाशित सुचना अनुसार यस अस्पतालको इमेल ठेगानामा प्राप्त दरखास्तहरु रुजु गरी तयार गरिएको देहाय बमोजिमको दोश्रो पटक नामावली प्रकाशित गरिएको छ । यस नामावलीमा उल्लेख गरिएको उम्मेरद्धारहरुले मिति २०७७-०९-०४ गते देखि मिति २०७७-०९-१० गते सम्म आफ्नो नागरिकता प्रमाणपत्रको सक्कलै प्रति वा नेपाल सरकारले जारी गरेको अन्य आधिकारीक परिचयपत्र लिई कार्यालय समय भित्र स्वयं उपस्थित भई वा उम्मेद्धवार उपस्थित हुन नसकेको हकमा उम्मेद्धारको मन्जुरीनामा लिई कार्यालयमै आएर प्रवेशपत्र लिनहुन जानकारी गराईन्छ । उम्मेद्धारले प्रवेशपत्र लिन आउँदा २ प्रति पासपोर्ट साईजको फोटो अनिवार्य लिई आउनु पर्नेछ ।
परिक्षामा सामेल हुन प्रवेश पत्र सहित नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलै प्रति वा नेपाल सरकारले जारी गरेको अन्य परिचयपत्र अनिवार्य लिई आउनु पर्नेछ अन्यथा परिक्षामा सामेल गरिने छैन । साथै कागजात नपुगेका उम्मेद्धवारहरुले अपुग भएका कागजात प्रवेश पत्र लिदाका बखत अनिवार्य पेश गर्नुपर्नेछ ।
परिक्षा मिति : २०७७-०९-११ शनिबार
समय : दिनको ठिक ११ः०० बजे देखि १२:०० बजे सम्म
पुनश्च : उम्मेद्धारले समय तालिका भन्दा आधा घण्टा अगाडी उपस्थित हुनु अनिवार्य छ ।
परिक्षा केन्द्रः
स्टाफ नर्स : रोल नंं. १ देखि २१७ सम्म, जनक मेमोरियल उच्च मा.बि. लैनचौर काठमाण्डौं ।
रोल नं. २१८ देखि ८१७ सम्म, शान्ति बिद्या गृह उच्च मा.बि., लैनचौर काठमाण्डौ ।
रोल नं. ८१८ देखि माथी सबै आदर्श योगहरी उच्च मा.बि. , लैनचौर, काठमाण्डौं ।
मेडिकल अधिकृत र बायोमेडिकल ईन्जिनियर सबै : जनक मेमोरियल उच्च मा.बि. लैनचौर काठमाण्डौं ।
पदपुर्ति समिति
कान्ति बाल अस्पताल

Click To View Or Download Notice Details