यस अस्पतालको रेडियोलोजी विभागको लागि आवश्यक पर्ने रेडियोलोजी सामाग्री (सिटि र एक्सरे फिल्म ) खरिद गर्न ठे.सू.नं. १८/०७८/७९ रेडिलोजी सामाग्री दरभाउपत्रका माध्यमबाट खरिद गर्न मिति २०७८।१२।११ म १५ दिने सूचना प्रकाशन गरी दरभाउपत्र आव्हान गरिएको र मिति २०७८।१२।२१ गते भएको प्रिविड बैठकमा सम्बन्धित विभाग (रेडियोलोजी विभाग) फर्म/व्यवसायीहरुले उठाएको विषयमा तपसिल बमोजिम हुने गरी यस अस्पतालको मिति २०७८।१२।२४ मा निर्णय भएको हुँदा सम्बन्धित सबै दरभाउपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिल:
१. एक्स-रे फिल्मको गुणस्तर सम्बन्धमा : एक्सरे फिल्म (१०" x१२") र सिटि फिल्म (१४" x१७") को गुणस्तर ५५० DPi अथवा सो भन्दा बढि साथै फिल्म USFDA र CE प्रमाणिकरण हुनु पर्ने ।
२. एक्सरे प्रिन्टर सम्बन्धमा : निशुल्क जडान गरिने प्रिन्टर ३ वटा ट्रे भएको USFDA र CE प्रमाणिकरण हुनु पर्ने।

Click To View Or Download Notice Details