बिभिन्न सामाजिक संजालहरुमा यस कान्ति बाल अस्पतालमा रहेको CLIA मेशिनका सन्दर्भमा प्रकाशित समाचार प्रति यस अस्पतालको ध्यानाकर्षण भएको छ । उक्त मेसिन यस अस्पताललाई कुनै दातृ निकाय, व्यक्ति वा संथाबाट हस्तान्तरण भई नआएको र अस्पतालको अभिलेखमा समेत हस्तान्तरण भई आएको नदेखिएको हुँदा यस्ता भ्रामक, कपोल्कल्पित, तथ्यहिन बिषयबस्तुलाई विभिन्न मिडियामार्फत अस्पतालको गरिमामा आँच पुऱ्याउने कार्य कोही कसैले कुनै पनि माध्यमबाट नगर्न/ नगराउन अस्पताल व्यवस्थापन सवैमा जानकारी गराउन चाहान्छ ।

Click To View Or Download Notice Details