कान्ति बाल अस्पताल नियमावली, २०६३ को परिच्छेद ६, नियम ६.२ मा भएको व्यवस्था बमोजिम ६ महिना भन्दा बढी अवधी ज्यालादारीमा राख्न नमिल्नुका साथै यस विषयमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विगतमा निर्देशन समेत प्राप्त भएको छ । अत: अस्पतालमा हाल कार्यरत यस्ता कर्मचारीहरुको २०७९ साल श्रावण १ गतेबाट हाललाई पुःन सम्झौता वा म्याद थप नहुने व्यहोरा जानकारी गराईएको छ।
साथै म्याद थपका विषयमा श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निर्देशन माग गरी पठाईएको हुँदा मन्त्रालयबाट निर्देशन प्राप्त भएपछि सोही अनुसार हुने व्यहोरा समेत जानकारी गराईन्छ।