विषयः भ्रामक सूचना प्रति ध्यान आकर्षण तथा सुचित गरिएको सम्बन्धमा।

उपरोक्त सम्बन्धमा “सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं २ निवासी रमेश अधिकारीको छोरी आयुषा अधिकारी (१८ महिना) को मिति २०८३/०४/१० गते सुनकोशी गाउँपालिका वडा नं. २ स्थित खेल्न गएको बेला खेल्ने क्रममा आगो पर्न गई सक्त घाईते भएकाले हाल कान्ति बाल अस्पतालमा काठमाडौंमा उपचार भई रहेको हाम्रो मित्रलाई पर्न गएको पिडाको घडीमा मलम पट्टि र सहयोगको लागि सबै फेसबुकमा जोडिनु भएका मित्रहरु लगायत देश विदेशमा रहनु भएका सम्पूर्ण सहयोगी मनहरुमा सहयोगको लागि हार्दिक अपिल गर्दछु भन्ने व्यहोराको ह्वाट्सएप नम्बर ९८१९६८३३४९ सहित बच्चाको पेट र खुट्टा जलेको फोटो र सहयोगको लागि प्रयोग गरिएको ई-सेवा QR (९७६१६३३९२४) सामाजिक संजालमा प्रविष्ठ गरी सहयोग मागेकोले निज बिरामी बालक यस अस्पतालको रेकर्डमा सो मितिमा उक्त बिरामी बच्चा भर्ना भई उपचार नभएकोले उक्त प्रविष्ठ बारे अस्पतालको ध्यानाकर्षण भएको छ। यस्ता किसिमका गलत सूचनाबाट सर्वसाधारण ठगिने भएकोले तक्त किसिमका भ्रामक सूचनाको विश्वास नगर्न सबैमा अनुरोध गरिन्छ।

रमेश नरसिंह के.सी.
सूचना अधिकारी

अस्पताल प्रशासन
कान्ति बाल अस्पताल

सम्पर्क नम्बर: ४५१९५५०, ४५२७४५२; फ्याक्स: ४५२७४५४; पो.ब.नं.: २६६४; Email : kantikch@gmail.com