बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ (CAMH Unit)
कान्ति बाल अस्पताल
कान्ति बाल अस्पतालको CAMH एकाइ नेपालकै पहिलो र एक मात्र संस्था हो, जहाँ बालबालिका तथा किशोरकिशोरीका लागि छुट्टै बहिरङ्ग र अन्तरङ्ग मानसिक स्वास्थ्य सेवा उपलब्ध छ। वि.सं. २०७२ (सन् २०१५) को भूकम्पपछि स्थापना भएको यो एकाइ आषाढ २४, २०८१ देखि नेपाल सरकारअन्तर्गत कान्ति बाल अस्पतालले सञ्चालन गर्दै आएको छ। यो एकाइ CWIN Nepal र कान्ति बाल अस्पतालको सहकार्यमा सञ्चालित छ।
CAMH एकाइका सेवाहरू
1. बहिरङ्ग सेवा (OPD)
समय: सोमबार-शुक्रबार, बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म
बालबालिका तथा किशोरकिशोरीका मानसिक तथा व्यवहारसम्बन्धी समस्याको मूल्याङ्कन र उपचार गरिन्छ। अटिजम र बौद्धिक अक्षमताजस्ता विकासात्मक समस्यामा पनि सेवा उपलब्ध छ।
2. अन्तरङ्ग सेवा (IPD)
१६ शय्याको अन्तरङ्ग केन्द्र (आषाढ १६, २०८१ देखि सञ्चालित)
बालबालिका तथा किशोरकिशोरीलाई सुरक्षित वातावरणमा नजिकबाट हेरचाह र उपचार गरिन्छ।
3. आकस्मिक सेवा
२४ सै घण्टा उपलब्ध
4. अन्य सेवाहरू
• टेलि-परामर्श: स्मार्टफोन र भिडियो कलमार्फत नयाँ तथा पुनः जाँचका बिरामीका लागि।
• पारिवारिक थेरापी (Family therapy) सेवा: बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारमा परिवारलाई सहभागी गराउँदै पारिवारिक सम्बन्ध सुधार, सञ्चार र पारिवारिक द्वन्द्व समाधानमा सहयोग गरिन्छ।
• तालिम तथा सचेतना: अटिजम तथा विकासात्मक कठिनाइ भएका बालबालिकाका अभिभावक र हेरचाहकर्ताका लागि WHO को Caregiver Skills Training (भौतिक र अनलाइन दुवै); स्वास्थ्यकर्मी, रेसिडेन्ट, नर्स, शिक्षक र समुदायका लागि बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी तालिम, अभिमुखीकरण र पर्यवेक्षण।
• अनुसन्धान गतिविधि: बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान पनि गरिन्छ।
हाम्रो Clinical Team
चिकित्सक Team
| क्र.सं | नाम | पद |
|---|---|---|
| १ | डा. दिपेश भट्टराई | Consultant मनोचिकित्सक तथा एकाइ प्रमुख |
| २ | डा. गुञ्जन धोन्जु | बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक |
| ३ | डा. अनुग्या अमात्य | मनोचिकित्सक |
| ४ | डा. रोशनी खत्री | मनोचिकित्सक |
| ५ | डा. आयुष मोहन भट्टराई | मेडिकल अफिसर |
| ६ | डा. किरण धोन्जु | मेडिकल अफिसर |
| ७ | डा. तनुजा खत्री | मेडिकल अफिसर |
| ८ | डा. बिजया पुन | मेडिकल अफिसर |
क्लिनिकल साइकोलोजिस्ट
| क्र.सं | नाम | पद |
|---|---|---|
| १ | डा. नर्मदा देवकोटा | क्लिनिकल साइकोलोजिस्ट |
| २ | ईशा बिष्ट | क्लिनिकल साइकोलोजिस्ट |
| ३ | श्रुति राना | क्लिनिकल साइकोलोजिस्ट |
सम्पर्क
टेलि-परामर्श: ९७६८५१९७४७ / ९७६८५१९७७५
OPD रिसेप्सन: ०१-४५४३१३२
आत्महत्या रोकथाम हेल्पलाइन: ११६६
बाल हेल्पलाइन: १०९८