Sushila Pandey Dahal

स्वास्थ्य क्षेत्रमा मौलाएको अराजकता र आजको चुनौतीहरु

सुशिला पाण्डे दाहाल

स्वास्थ्यकर्मीहरु मानव जीवनको जीवन÷मरणस‘ग सम्बन्ध राख्ने व्यक्तिहरु हुन् । मृत्यु शाश्वत सत्य भएर पनि अकाल मृत्यु टार्न प्रयत्न गर्ने व्यक्तिहरु नै स्वास्थ्यकर्मी हुन् । जव एउटा अशक्त ÷ अस्वस्थ व्यक्ति उपचार पछि स्वस्थ भएर घर फर्कन्छ , शायद एउटा स्वास्थ्यकर्मीको जीवनको सबैभन्दा विजयको र खुशीको क्षण त्यही हुने गर्दछ । उसको ज्ञानले , उसको शिपले , उसको धैर्यताले ,उसको भगिरथ प्रयत्नले अनि उसको अनुभवले गर्दा एउटा विरामीले स्वास्थ्यलाभ गर्दछ । एउटा विरामीलाई स्वस्थ पार्नको निम्ति अस्पतालमा कार्यरत तमाम स्वास्थ्यकर्मीहरुको सामुहिक प्रयत्नले अहं भूमिका निर्वाह गरेको हुन्छ । त्यसमा एकजाना अस्पताल सहयोगीदेखि बरिष्ठ विशेषज्ञसम्म अनि नर्सिङस्टाफदेखि प्रयोगशाला तथा रेडियोलोजी विभागमा कार्यरत सम्पूर्ण व्यक्तिहरु सबै पर्दछन् । यस अर्थमा कुनै पनि व्यक्तिको उपचारमा दर्जनौ स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष हात रहने गर्दछ ।

उपचारको क्रममा स्वास्थ्यकर्मीहरुको खटाई घन्टौसम्म हुने गर्छ । यो आफैमा कठिन एवम् संवेदनशिल काम हो । आकस्मिक रुपमा खट्न पर्नु , अन्य पेशका पेशाकर्मी जस्तो काम गर्ने अवधि निश्चित नहुनु , रातको समयमा समेत अहोरात्र खटिन पनर्,ु संक्रमित व्यक्तिसँग सधैं नजिकिन पर्नु र सधैं जिवन मृत्युसँग संघर्ष गर्नुले स्वास्थ्यकमीहरुको कामको संवदेनशीलतालाई दर्शाउँछ । स्वास्थ्यकर्माीहरु साँचो अर्थमा अंग्रेजीमा ऋष्खष् िकभचखबलत हुन् । उनीहरुको मानवीय भावना, सेवा प्रतिको तत्परता र पेशा प्रतिको प्रतिबद्धताले मानव जीवन सुखी बनेको हुन्छ । आफूले दःुख पाएर पनि अरुलाई खुशी राख्ने कर्मठ व्यक्तिहरु नै साँचो अर्थमा स्वास्थ्यकर्मीहरु हुन् ।

तर दुःख साथ भन्नु पर्छ हिजो आज उपचार गर्ने क्रममा लापरवाही भएको भन्दै स्वास्थ्य पेशाकर्मीहरु प्रति अमर्यादित र घृणित व्यवहार प्रर्दशन भएको समाचार बारम्बार सुनिन देखिन ÷थालेको छ । स्वास्थ्यकर्मीहरुलाई हातपात गर्दा आफ्नो पुरुषार्थ सम्झने संवेदनाहिन जमातको विकास भइरहेको छ हाम्रो समाजमा । उपचार गर्नु पूर्व हारगुहार गर्दै जीवनको भिख माग्दै अस्पताल आउने, उपचार सम्पन्न भए पछि कृतज्ञताका दुई शब्द समेत नबोली फर्कने र उपचार गर्दागर्दै सम्भव भएन भने हातपात गर्दै विरामीको मृत्युको सहानुभुतिको आडमा आम सञ्चार माध्यमको दुरुपयोग गरी स्वास्थ्यकर्मीको बद्नाम गर्ने संस्कार हाम्रो समाजमा विकास भइरहेको देखिन्छ । अराजकताको जगमा हुर्कदै छ हाम्रो समाज । विरामीको मृत्यु हुनुको कारण जान्ने, सुन्ने र बुझ्ने धैर्यता गुमाउदै गए जस्तो लाग्दै छ अहिलेको समाजले जहाँ आफुलाई बुज्रुक भनाउनेहरुले नै अराजकतालाई प्रश्रय दिदै आइरहेका छन् । दण्डहिनताले कानुनी शासनलाई उपास गरेको हाम्रो समाजमा स्वास्थ्यकर्मीलाई असुरक्षित बनाउने अपमानित गर्ने, हातपात गर्ने र गुणको बदला बैगुन र आक्रमण गर्ने जत्थालाई राज्यले कारबाही गर्न सकेको देखिदैन । राजनितिको आडमा अराजकताले प्रश्रय पाउदा आम स्वास्थ्यकर्मीहरुलाई आफ्नो पेशा प्रति नै वितिृष्णा सृजना हुने अवस्था नआउला भन्न सकिदैन । यो अत्यन्त दुखद् र समग्रमा मुलुकको स्वास्थ्य स्थितिलाई सुदृढ पार्दै सहस्राब्दी विकास लक्ष्यमा पुग्न राष्ट्रले लिएको निर्दिष्ट लक्ष्य प्राप्तिमा नै अवरोध सृजना गर्ने अवस्था हो । यस प्रकारको अवस्थाले हामी स्वास्थ्य क्षेत्रमा पाश्चगामी हुने कुरामा कुनै शंका छैन ।

मैले यसो भनी रहँदा स्वास्थ्यकर्मीलाई सबै हिसावले उन्मुक्ती दिनु पर्छ , उनीहरुले गलत काम गरे पनि दण्डित हुनु पर्दैन, उनीहरुले जे गरे पनि हुन्छ भन्ने आशय व्यक्त गर्न खोजेको होइन । गलत काम गर्ने स्वास्थ्यकर्मीहरु मात्र होइन जो सुकै पनि दण्डको भागिदार हुनु पर्दछ । यो कानुनी राज्यको आधारशिला हो ।

पहिलो कुरा त कुनै विरामीको मृत्यु हुनु भित्र विरामीको रोगको प्रकार , रोगको अवस्था , अस्पतालमा आइपुगेको समय अस्पतालमा भएको सामाग्री र सुविधाको उपलब्धता , स्वास्थ्यकर्मीको ज्ञान शिप र क्षमताको अवस्था, बिरामीका आफन्तहरुको हेरचाह, औंषधीको प्रभावकारीता र विरामीको आत्मविश्वास जस्ता धेरै पक्षहरुको प्रमुख भुमिका रहने गर्छ । प्रत्येक स्वास्थ्यकर्मीको चाहना अस्पतालमा आउने सबै विरामीहरु स्वस्थ भई घर फर्कन सकुन् भन्ने नै हुने गर्छ । विरामीको उपचारमा सफलता पाउदा तमाम स्वास्थ्यकर्मीहरुले आफैले ठूलो सफला प्राप्त गरेको महशुस गरेका हुन्छन् । सत्य यहि हो । तर लाखौ प्रयत्न गर्दा गर्दै पनि विरामीलाई बचाउन नसक्नु भित्र स्वास्थ्यकर्मीको मात्र हात छ भनेर अन्य कुरालाई पन्छ्याउदै अस्पताल परिसर भित्रै अभद्र व्यवहार गर्नु, हातपात गर्न खोज्नु र बद्नाम गर्ने प्रयत्न गर्नु आफैमा एक अशिष्ट एवम् अभद्र व्यवहार हो । यो सभ्य मानिसले गर्न नसुहाउने हर्कत हो ।

हो, संवेदेनशील पेशामा संलग्न व्यत्तिहरु अन्य पेशा कर्मीहरु भन्दा बढी नै संवेदनशील हुनु पर्दछ । उनीहरुको जिम्मेवारी पनि गहन र जटिल हुनु स्वभाविक नै हो । यस यस परिपेक्षमा उनीहरुले गर्ने गल्ती र हेलचेक्रयाईले आम जनसमुदायले धेरै दुख कष्ट बेर्होनुपर्ने हुन्छ । यस तर्फ प्रत्येक स्वास्थ्यकर्मी सचेत रहनु नै उनीहरुको पेशागत धर्म हो । नियतवश गरिने गल्तीहरु अपराध हुन् । ती गल्तीहरु कानुनी रुपमा दण्डनीय छन् र त्यस्ता व्यक्तिहरुलाई राज्यले दण्डित गर्नु पर्दछ तर कतिपय यस्ता परिस्थीतिहरु पनि रहेका छन् जो व्यक्ति स्वयम्ले राम्रो गर्ने मनशाय राख्दा राख्दै पनि सम्भव हुदैनन् र परिस्थिति नियन्त्रण बाहिर हुन जान्छ । यो दैवी कुरा हो । हामी सबैले सबै कुरा चाहे जस्तो हुदैन भन्ने कुरा आम दुनियाँलाई थाहा छ । यस अर्थमा स्वास्थ्यकर्मीहरुको पवित्र कार्यलाई प्रभावित पार्ने गरी हुने दुव्र्यवहार हातपात र कुटपिटका घटनाहरुलाई दण्डनीय बनाई आम स्वास्थ्यकर्मीलाई सुरक्षित हुने परिस्थितिको सृजना गरी गलत काम गर्ने व्यक्ति आम नागरिक हुन् या राजनितिको आडमा हुर्केका चूल्ठे मुन्द्रे हुन् वा स्वास्थ्य कर्मीहरु हुन् उनीहरु सवै कानुनी दायारामा ल्याउन सक्ने परिस्थितिको सृजना गर्न सकिएमा मात्र आम सर्व साधारणले निर्भय पूर्वक स्वास्थ्य सेवा लिने अवसरको थालनी हुन जानेछ । अन्यथा हाम्रो स्वास्थ्य सेवाको धरातल झनै कमजोर हुन जानेछ । यस तर्फ सबै आम जनसमुदायको ध्यान जानु नितान्त आवश्यक देखिन्छ । त्यस्तो अवस्थामा मात्र स्वस्थ्य क्षेत्रमा अपेक्षित प्रतिफल हासिल गर्न सकिने कुरामा दुई मत छैन ।