Shree ram Chherti

संयुक्त समन्वय समिति किन?

संयोजक– श्रीराम क्षेत्री

कान्ति बाल अस्पतालको ५० औं बार्षिकोत्सव तथा स्वार्ण जयन्ती समारोहको सु–अवसरमा अस्पतालमा कार्यरत तथा भूतपूर्व सम्पूर्ण कर्मचारीहरु, अस्पताल विकास समिति वोर्डका बर्तमान र भूतपूर्व अध्यक्ष, सदस्य लगायत यस अस्पतालको विकास र विस्तारमा सहयोगी हात दिने तथा नियालेर चासो राख्नुहुने महानुभावहरुप्रति संयुक्त समन्वय समिति, कान्ति बाल अस्पताल आभार व्यक्त गर्दछौ ।

समग्र अस्पतालको सुधार र स्तारोन्नति, विरामीहरुको सेवा र सुविधामा विस्तार तथा कर्मचारीहरु विच एकता र भाइचारा अभिबृद्धि गरि देशको एकमात्र केन्द्रिय रिफरल अस्पतालको सेवा, सुविधा र गुणस्तरमा आमूल सुधार गरि परिवर्तनको महसुस गराउने उद्देश्यले कान्ति बाल अस्पतालमा कार्यरत रहेका सवै कर्मचारीहरुको आ–आफ्नो संघ तथा संगठनहरुको पदाधिकारीहरु सम्मिलित एक उच्च स्तरीय संयन्त्र नै “संयुक्त समन्वय समिति’’

(ग्लष्तभम ऋय(यचमष्लबतष्यल ऋयmmष्ततभभ) कान्ति बाल अस्पताल विकास समिति युनियनको अग्रसरतामा मिति २०६८ साल कात्तिक २३ गते शसक्त समितिको रुपमा गठन गरिएको हो । जुन समितिमा निम्नानुसारका पदाधिकारीहरु रहनु भएको छ ः

श्री सुरेन्द्र कुमार श्रेष्ठ

अध्यक्ष, अस्पताल विकास समिति कर्मचारी युनियन श्रीराम क्षेत्री

सचिव, अ.ने.प्र.ज.स्वा कर्मि संघ श्री केशव प्रसाद कोइराला

अध्यक्ष, नेपाल निजामति कर्मचारी युनियन श्री रामनन्दन प्र. चौधरी

अध्यक्ष, साधारण कर्मचारी समाज

श्री शम्सेर नेपाली

अध्यक्ष, अखिल नेपाल प्र.ज.स्वास्थ्य कर्मि संघ श्री सन्तोष बहादुर क्षेत्री

सह–सचिव, अ.ने.प्र.ज.स्वा.कर्मि संघ, श्री शिव प्रसाद प्याकुरेल

उपाध्यक्ष, नेपाल निजामति कर्मचारी युनियन सिस्टर लिला प्रधान

उपाध्यक्ष, साधारण कर्मचारी समाज

फुटाउ र राज गर भन्ने मान्यता बोकेका त्यस्ता प्रशासक र शासकहरुको विचार र रणनितीलाई चिर्दै र पन्छाउँदै संयुक्त भेलाबाट पारित गरे अनुसार समग्र अस्पतालको काँचुली नै फेर्ने उद्देश्यका साथ यो समिति सवै विचारका कर्मचारीहरुको साझा मन्चको रुपमा प्रस्तुत भएको हो । प्रमुख रुपमा अस्पतालको सेवा विस्तार र आर्थिक घोटाला र चुहावट रोकथाम र विरामीहरुले पाउने सुविधामा स्तरोन्नति, चुस्त दुरुस्त सेवा र सुविधा उपलव्ध गराउनु पर्ने कुरामा जोड दिंदै आएको छ ।

केहि वर्ष यता खुलेका नर्सिङ्ग होमहरुसंग मात्र दाँजेर हेर्दा पनि प्रगतिको गति भनेको कान्तिको नितान्त कछुवाको गतिमा रहेको छ । यसो हुनुको पछाडि देशको निती, कानून र मनपरि गर्नेको महल, राष्ट्र चिन्ता गर्नेको चिहानको बास भएकै कारणले देशको उन्नति हुन नसके जस्तै कान्ति पनि हरेक क्षेत्रको रवैयाका कारण ५० वर्षे भएर पनि हुर्कन नसकेको र पोषण नपुगेको मानव जस्तै देखिएको छ । अव यसलाई पोषण दिने र सहि ढंगले वढाउने काममा संयुक्त समन्वय समिति अघि बढदै केहि अति आवश्यक मागहरु राखि सकेको जानकारी समेत गराउँदै यो समिति दृढ रुपले अघि बढने छ । यसमा सवै तहका कर्मचारीहरुको सकारात्मक भूमिकाको साथै कर्तव्य निर्वाहको आवश्यकता छ । यहि आशा संयुक्त समन्वय समितिले राखेको पनि छ ।

धन्यवाद !

संयुक्त समान्वय समिती किन