Shamser Nepali

५० बर्षमा कान्तीः के हुनुपथ्र्यो?

शमसेर नेपाली

अनगिन्ती उतार चडाव, विषम तथा असहज परिस्थितिहरु संग जुध्दै आफ्नो गौरवमय अस्तित्व र ईतिहासको ५० बर्ष पार गर्न सफल कान्ति अस्पताल तिमिलाई स्वर्ण जयन्तिको कोटी कोटी शुभकामना ।

जन्म जयन्ति तथा बार्षिकीहरु मनाउनुलाई मनोरन्जनका दृष्टिले मात्र हेरियो भने त्यो अन्याय हुन्छ । बार्षिकी मनाउनु भनेको त अति महत्वपूर्ण अवसरहरु पार भइसकेको वा गुमिसकेको यथार्थ बोधगराउने संकेत हो । ५० बर्ष कुनै खेलाची होइन र यो कुनै सामान्य कालखण्ड पनि होइन । यो त आधा सताब्दी हो, एउटा युग हो र लगभग नेपालीको औषत आयु हो भने कर्मठ हातहरुका लागि एउटा उर्वर काल खण्ड हो । कान्ति बाल अस्पताल स्थापनाहुंदाका बखत जन्मीएको व्यक्ति आज ५० बर्ष पुरा भई ५१ मा लाग्दैछ । जो कोहीले पनि अन्दाज गर्न सक्छ कि एउटा सवल र योग्य व्यक्ति एक्लैले ५० बर्षको उमेर पार गर्दा सम्ममा के के गर्न भ्याउंछ ? निश्चित रुपमा यदि उ सक्षम छ भने उसले उच्च शिक्षा हासिल गरिसकेके हुन्छ, घरवार बसाईसकेको हुन्छ, सन्तानको समेत उचित व्यवस्था गरिसकेकेहुन्छ, व्यापार व्यवसाय तथा नोकरीमा उत्कृष्टता हासिल गरिसकेको हुन्छ अर्थात भनौ ऊ समाजमा स्थापित भईसकेको हुन्छ । यतिमात्र होईन यो अवधिमा त एउटा मानिस, जो पूर्णतया परिपक्क हुन्छ र उसले जीवनमा प्रशस्त सकारात्मक एवं प्रसंसनिय योगदानहरु समाज र राष्ट्रलाई दिइसकेकोहुन्छ ।

यो अस्पताल, राष्ट्रको एक मात्र बाल अस्पताल, जो आफ्नो स्थापनाको ५०औं बसन्त पार गर्दैछ, यसले यो अवधिमा के कति उपलब्धिहरु हासिल गर्यो त? के यो भन्दा बढी हासिल गर्न गएको यो ५० बर्ष अपुग थियो ? पक्कै पनि यो अस्पतालले आफ्नो जीवनमा लाखौं बालबालीकाहरुलाई पुनर्जीवन दियो, लाखौं आमाहरुको काख सजायो तर जति अरुलाई दियो त्यति आफु बन्न सकेन यदि सकेको भए त्यो भन्दापनि कैयौं गुना बढी दिन सक्थ्यो । सामान्य अवस्थामा पनि र कम्तीमा पनि ५० बर्षसम्ममा यो कान्ति बाल अस्पताल के हुनु पथ्र्यो र के हुन सक्थ्यो? एक पटक विचार गरौंत!

यो अवधिमा कान्ति बाल अस्पताल अत्याधुनिक प्रविधिले सजिएको स्रोत , साधान र सुविधा सम्पन्न, बाल रोग उपचारको क्षेत्रमा विशिष्ट एवं नमुना अस्पताल बन्न सक्थ्यो । यो अस्पताल बाल रोग उपचारको क्षेत्रमा संसार भरिका अस्पतालहरुको आकर्षण एवं आस्था बन्न सक्थ्यो । यहां रोगका सम्बन्धमा अध्यायन, अनुसन्धान एवं विकासका निम्ति प्रशस्त संभावना र सोधकार्यहरु हुन सक्थे । यो अस्पताल स्वास्थ्य पर्यटन, ःभमष्अब ितयगचष्कm अर्थात न्यिदब िज्भबतिज अबचभ का क्षेत्रमा अभिन्न अंगकोरुपमा उभिएर राष्ट्रलाई संसार सामु चिनाउन सक्थ्यो ।

यो अस्पतालले बाल स्वास्थ्यको सम्बन्धमा निति निर्माण तहमा उल्लेखनिय भुमिका खेल्न सक्थ्यो । देश भरिका नागरिकहरुलाई बाल रोग तथा बाल स्वास्थ्यको सम्बन्धमा प्रशस्त जानकारी मूलक सूचनाहरु प्रवाह गर्दै जनस्वास्थ्य सदृढका खातिर आफ्नै नियमित प्रकाशनहरु, जस्तै ःभमष्अब िद्यगििभतष्ल, एगदष्अि जभबतिज वयगचलब,ि बाल स्वास्थ्य पत्रीका आदि प्रकाशन गरी जारी गर्न सक्थ्यो । देशका हरेक स्वास्थ्य संस्थाहरुमा बाल रोग उपचारका युनिटहरु संचालन गरि आफ्नो निर्देशिकाहरु लागु गर्न सक्थ्यो । कम्तिमा पनि अस्पतालको मेडिकल रेकर्ड शाखालाई सुदृढ गरी अस्पतालले प्रवाह गरेको सेवा सुविधा सम्बन्धमा जानकारी मूलक तथ्याङ्कहरु नियमिल रुपले प्रकाशन गर्नु पथ्र्यो ।

बाल रोग उपचारका लागि आवश्यक पर्ने क्गउभच(कउभअष्बतिथ तथा क्गद(कउभअष्बतिथ गलष्त हरुको स्थापना भइसकेको हुनुपथ्र्यो भने हरेक रोगको निदान, व्यवस्थापन, तथा उपचारको क्षेत्रमा आफ्नै स्तरिय एवं वैज्ञानिक mभमष्अब िनगष्मभष्लिभ अर्थात अष्लिष्अब िउचयतयअय िको विकास भईसकेको हुनुपथ्र्यो । विरामीहरुलाई लगभग निजी क्षेत्रले लिने सरहको सेवाशुल्क तिर्नबाट मुक्ति दिलाई न्युनतम खर्च र कम समयमा रोगको सही निदान एवं स्तरीय उपचार सेवा प्रदान गरी पैसा नभएकै कारण उपचार अभावमा ज्यान गुमाउनु पर्ने र सही उपचारको खोजीमा निजी स्वास्थ्य संस्थाहरुमा भौतारीनु पर्ने अवस्थालाई निराकरण गर्न वैकल्पीक उपायहरु र स्रोतहरु पहिचान तथा परिचालनको सुनिश्चितता भईसकेको हुनुपथ्र्यो । अस्पतालको बहिरङ्ग विभागहरु तथा क्गद(कउभअष्बतिथ गलष्त हरु उच्च एवं विशिष्ट विशेषज्ञता हासिलगरेका चिकित्सक एवं स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हुनुपथ्र्यो भने अस्पतालको ईमर्जेन्सी विभागहरु चौबिसै घण्टा बाल रोग विशेषज्ञको उपस्थितिमा संचालित हुनुपथ्र्यो । मेडिकल अफिसरहरुले केवल सहयोगि भुमिका मात्र निभाए पुग्ने वातावरण बन्नु पथ्र्यो । क्ष्लमययच सेवा अन्तर्गत विरामी भर्ना गर्ने बेडहरु, प्रसस्त सघन उपचारकक्षहरु (आई.सि.यु.), उपकरणहरु, इमर्जेन्सी औषधीहरु आवश्यकता अनुसार प्रशस्त मात्रमा हुनुपथ्र्यो भने भर्ना भएर बसेका विरामीहरुको उचीत रेखदेखका लागि विरामीको संख्या अनुसार उचीत अनुपातमा तालिम प्राप्त नर्सिङ्ग कर्मचारीहरु र सोही अनुपातमा ड्युटी डाक्टरहरुको व्यवस्था मिलेको हुनुपथ्र्यो ।

यहांका डाईग्नोष्टिक विभागहरु उचित भौतिक पूर्वाधारहरुले सम्पन्न, उच्च प्रविधि युक्त, आधुनिक उपकरण युक्त, आफ्नै निर्देशिका तथा सर्वमान्य कार्यसंचालन प्रकृया ९क्इए० र गुणस्तर युक्त हुनुपथ्र्यो, विभिन्न रोगको उपचारका निम्ति आवश्यक पर्ने प्रतिपादित सबैखाले परिक्षणहरु सर्वसूलभ ढंगले कुनैपनि बखत उपलब्ध भएको हुनुपथ्र्यो भने प्राविधिक जनशक्तिहरु आ–आफ्नो स्तर र जिम्मेवारीमा दक्ष एवं तालिमप्राप्त हुनुपथ्र्यो र उनीहरुलाई जिविकोपार्जनका लागि अन्य अतिरिक्त समय काम खोज्दै निजी क्लीनिकहरुमा धाउनु पर्ने अवस्थाको अन्त्य भईसकेको हुनुपथ्र्यो । अस्पतालले आफ्नै फार्मेशी संचालन गरी, ज्यकउष्तब िएजबचmबअथ तथा ज्यकउष्तब िmबलगाबअतगचष्लन ७ उचभउबचबतष्यल प्रणाली र सिद्धान्तलाई अवलम्बन गरी सर्वसाधारणलाई सुपथ मूल्यमा स्तरीय औषधी तथा औषधी जन्य पदार्थहरु उपलव्ध गराउने र उपलब्ध व्यवसायिक उत्पादनहरुको स्तर निर्धारण गर्ने तथा गुणस्तर परिक्षण गर्ने एजबचmबअभगतष्अब िबिदयचबतयचथ को स्थापना तथा संचालन भईसकेको हुनुपथ्र्यो । अस्पतालका अन्य परिपुरक शाखा तथा विभागहरु सम्बन्धित क्षेत्रका विशेषज्ञको नेतृत्वमा परिचालन भएको हुनुपथ्र्यो र जसका लागि समय सापेक्ष आवश्यक पद तथा दरबन्दीहरुको सृजना वा व्यवस्था गरी सही पदको लागि सहि कर्मचारी नियुत्तगरी सबै तह र तप्काका कर्मचारी एवं स्वास्थ्यकर्मीहरुले आ–आफ्नो जिम्मेवारी सही ढंगले निरन्तर निर्वाह गर्ने वातावरण बनीसकेको हुनुपथ्र्यो ।

फोहोर मैला व्यवस्थापन र जनस्वास्थ्यको क्षेत्रमा उच्च सतर्कता अपनाउदै ःभमष्अब िबलम उजबचmबअभगतष्अब िधबकतभ हरुलाई आधुनिक प्रविधिद्धारा उचित व्यवस्थापन गरी वातावरण प्रदुषणको जोखिमलाई न्युनिकरण गर्न र जनस्वास्थ्यमा पर्ने अल्पकालिन एवं दिर्घकालिन नकारात्मक असरहरुलाई कम गर्न सकिन्थ्यो । शुद्ध एवं प्रशोधित पानीको आपुर्ति, सफा एवं दुर्गन्ध रहित सौचालयहरु, अस्पताल परिसरको सरसफाई, नियमित विधुत आपूर्ति संचार तथा इन्टरनेटसम्मको सहज पहुंच, व्यवस्थीत र सुविधायुक्त आवास गृहहरु र बाटो, चमेना गृह, कर्मचारीहरुका लागि स्तरिय यातायात साधनको सुलभता जस्ता आधारभूत भौत्तिक पूर्वाधारहरुलाई विकास गरी समय सापेक्ष सहज भईसकेको हुनुपथ्र्यो ।

चिकित्सा विज्ञानका वैकल्पिक पद्धतीहरुलाई पनि उत्तिकै महत्व र स्थान दिएर अवलम्बन गरी संभावित सबैखाले तौरतरिकाहरुद्वारा रोगको उपचारमा गर्नका खातिर एकिकृत उपचार प्रणालीको सुरुवात भईसक्नु पथ्र्यो । अस्पतालका प्रसाशनिक काम कार्वाहीहरु अधावधिक, चुस्त र दुरुस्त हुनुपथ्र्यो भने आर्थिक तथा लेखा संग सम्बन्धित गतिविधी एवं प्रकृयाहरु पारदर्शी तथा सर्वमान्य पद्धती मुताविक हुनपथ्र्यो भने स्रोत र साधनको दुरुपयोग, अख्तियारको दुरुपयोग जस्ता निन्दनियकार्यहरु हुनबाट अस्पताल जस्तो पवित्र संस्था पूर्णरुपले मुक्त भएको हुनुपथ्र्यो ।

समग्रमा ५० बर्षको अबधिमा यदि सरोकारवालाहरुले चाहेको भए यस अस्पताललाई अन्तराष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्ने अत्याधुनिक प्रविधि एवं स्रोत साधन सम्पन्न, संपूर्ण ज्भबतिज उचयाभककष्यलब िहरुको आकर्षणको केन्द्र, विरामी बालबालिकाहरुको अन्तिम आशा र लक्ष्य साथै बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्ने निजी क्लीनिक, नर्सिङ्गहोम, अस्पताल, सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुको अन्तिम भरोसा, सांच्चीकै त्भचतष्बचथ च्भाभचब ि७ क्उभअष्बष्तिथ ज्यकउष्तब िहुन सक्थ्यो र हुनुपथ्र्यो तर विडम्बना ………………।

कान्ति बाल तिमी सधैं बाल नै रहयौ ५० बर्ष पारगर्दा समेत तिमीमा बालपन गएन, तिमीमा परिपक्कता आएन, तिमी कहिल्यै वयस्क हुन सकेनौ । सायद तिमीलाई उचीत वातावरण पो मिलेन की ! तिम्रा अविभावकहरुले राम्रो रेखदेख पो गरेनन् की ! तिम्रा आहार–विहारहरुमा पौष्टिक तत्वको कमी पो भयो की ! कतै तिमीलाई लोभीपापीहरुले आफ्नो स्वार्थपूर्तिको लागि पो प्रयोग गरे की ! तिम्रा सरोकारवालाहरुले तिमीलाई एक अनाथ बालीका सम्झेर तिरस्कार गरेका पो हुन की ! या त कतै तिम्रो शरिर, अङ्ग–प्रत्याङ्गहरु विविध रोगहरुले अक्रान्त पो छन की ! तिम्रा आन्तरिक बृद्धि विकासका हर्मोनहरु असन्तुलित पो छन की ! या त तिमी लामो बालापनको समस्या भ्हतभलमभम ऋजष्मिजययम म्ष्कयचमभचक हरुले सताईएकी पो छौ की!……… जे होस अबको ५१ बर्ष र उपरान्त तिम्रो फलदायी बनोस, तिमीलाई असल चरित्रवान सेवकहरु प्राप्त होस, तिमीलाई त्यो अदभुत र अलौकिक शक्ति प्राप्तहोस जसले तिमीमा परिपक्कता ल्याओस र तिमीलाई वयस्क बनाओस…….। ज्ब्एएथ् न्इीम्भ्ल् ब्ल्ल्क्ष्ख्भ्च्क्ब्च्थ्। ध्क्ष्क्ज् थ्इग् ब्ीी त्ज्भ् द्यभ्क्त्।

शमसेर नेपाली

अध्यक्ष

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ

का. बा. अ. मूलईकाई समिति ।