Literature Section

“मेरी नेपाल आमा’’

मेरी नेपाल आमा तिमीलाई कोटी कोटी नमस्कार
साँचो हो आमा तिमी विवेकी छौ भने स्विकार नमस्कार
मिती अवला छु भन्छौ भने लाखौ सवलाको साथ छ
तिमी असहाय छु भन्दौ भने करोडौं जवानीको हात छ ।।

चाहियो मात्र भन तिमी तिम्रा लागि अभैm प्रिय बस्तु प्राण छन्
दिएका छन आहुती प्राणको अभैm दिन लागौ तयार छन्
लौ भने अव आमा तिमी आहुती लिन्छौ रामको कि हरामको
अव मुख तिमीले खोल्नै पर्छ मनसवै जोडिदिनु पर्छ सवै राम रामको ।।

तिम्रा छातीमा ब्वाँसाहरुले परेड खेल्दा दुखाउँछ मन वीर योद्धाले
तिम्रा दुधको भारा तिर्नु पर्छ भनि सम्झन्छ संधै रामले
आमा तिम्रो धोति तानेर च्यादै बलात्कार गरेको म हेर्न सक्तिन
मेरो हातमा जे छ त्यहि उठाउँछु र प्रहार गर्छु आफ्नै बावु पनि भन्दिन ।।

मलाई अनुशासन सिकाउने आमा अर्कोलाई किन सिकाउन्नौ
देश लुटने लुटेराहरु तिम्रा छानीभरि सल्वलाउँदा तिमी किन चिन्दीनौ
आमा तिमी बुढी अशक्त भएं भन्छौ भने जवानी र शक्ति म भरिदिन्छु
चोर र साधु छुट्याउने आँखामा जालो लाग्यो भन्छेउ भने शल्यत्रृmया म गरिदिन्छु ।।

मात्र माग आमा तिमी तिम्रा लागि यो प्रिय प्राण पनि दिन्छु
हैन भने आमा आज तिमिले एउटा पैmसला गर्नै पर्छ
सितैसिता र सज्जन राम को को छन अनि हरामैहरामहरु छुट्याउनै पर्छ
यहि भूमिबाट आज कठोर फैसला तिमले अब गर्नै पर्छ ।।

ः– समाप्त –ः

श्री श्रीराम क्षेत्री
कम्प्युटर अधिकृत