Keshab Prasad Koirala

नेपाल निजामति कर्मचारी यूनियन

केशव प्र.कोइराला

अस्पतालको गुरु योजना अहिलेको आवश्यकता ।

देशको एकमात्र केन्द्रिय रिफरल अस्पतालको रुपमा परिचित बाल बालिकाको स्वास्थ्य समस्याको निराकरण गर्ने कान्ति बाल अस्पताल आज ४९ औं बसन्त पार गरि ५० औं वर्षमा प्रवेश गरि स्वर्ण महोत्सव मनाउन लाग्दा हामी अत्यन्तै गौरवान्दीत भएको छौ ।

एक मात्र बाल अस्पतालको रुपमा रहेको यस अस्पतालको विगतलाई हेर्दा ५० शैया बाट संचालन भै अहिले ३१४ शैयामा परिणत भएको छ । हामीले ५० औ वार्षिक उत्सव मनाई रहदा धेरै किसिमका अरोह अवरोध र चुनौतीहरु सामना गर्दै यहा सम्म आई पुगेका छौ । यस अस्पतालको विगत र वर्तमानलाई औंल्याउँदै भविश्यमा अस्पताललाई कसरी डो¥याउनु पर्छ भन्ने योजना बनाई अगाडि बढनु पर्ने नेपाल निजामति कर्मचारी यूनियनको ठहर रहेको छ ।

विगतमा भएका कमि कमजोरीहरुलाई सच्चाउँदै हाल भै रहेको संरचनालाई व्यवस्थीत गरि जानु पर्नेमा बिभिन्न समस्याको कारणबाट सो हुन सकिरहेको छैन । देशको एक मात्र केन्द्रिय रिफरल अस्पताल भएर पनि यसले दिने सेवामा आज भन्दा १० वर्ष अगाडिको सेवा भन्दा खासै फरक देखिदैन । जसको कारण हो विशेषज्ञ जनशक्तिकको अभाव र अत्याधुनिक औजार उपकरणको अभावका कारण विभिन्न विभागहरुमा श्रोत साधान प्रचुर मात्रामा नहुदा अति आवश्यक पर्ने सेवा दिन नसकि रहेको अवस्था छ ।

जस्को कारणले गर्दा केन्द्रिय रिफरल अस्पताल भएर पनि धेरै किसिमका सेवाहरु दिन नसकिरहेको अवस्था छ । देशै भरिबाट कान्ति बाल अस्पताल भनेर आउने विरामीहरु निराशा भएर फर्कनु पर्ने अवस्था छ ।

जापान सरकारको सहयोग बाट निर्मित यस अस्पतालमा हाल आई. सि.यु., पि.आई.सि.यू र एस.आई.सि.यु. गरि जम्मा १० वटा मात्र आई सि.यू. रहेको र सो लाई आवश्यक पर्ने भेन्टिलेटर सहितका सामानहरु नहुँदा गरिव तथा असाहाय विरामीहरु आई.सि.यू. सेवा बाट वन्चीत भै मृत्यू हुनु भन्दा अर्को विकल्प नरहेको अवस्था छ । देशको केन्द्रिय अस्पतालमा भएको आई.सि.यू. सेवालाई अविलम्ब व्यवस्थित र विस्तार गर्नको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पताल व्यवस्थापनको लागि ध्यान पुग्नु अत्यन्त जरुरी भै सकेको छ ।

त्यस्तै गरेर प्रयोगशाला विभाग, रेडियोलोजी विभाग, सर्जिकल विभाग, इमरजेन्सी सेवा, ई. एन.टि., अर्थोपेडिक, नेफ्रोलोजी, कार्डियोलोजी, अंकोलोजी लगायतका सेवाहरु आवश्यक जनशक्ति नहुँदा र विशेषज्ञहरुको दरबन्दीको अभावबाट, औजार उपकरण आदिको समस्याबाट हाल भै रहेको अस्तव्यस्ततालाई सुधार गर्दै गुज्रिरहेको परिस्थिति अनुकुल परिमार्जन गर्दै लानु र व्यवस्थापन गरि शैया विस्तार भन्दा बिशेष सेवा विस्तारमा ध्यान दिनु पर्ने अत्यन्त आवश्यक भएको देखिन्छ ।

अस्पतालको मास्टरप्लान गुरु योजना नहुदा भविश्यमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने गहन विषय भएको छ । आज सम्मको बस्तु स्थीती मूल्याकंन गर्दा कुनै योजना र कार्यक्रम विना यथास्थीतीमा चलेको यस अस्पताल अव आउने दिनहरुमा एउटा ठोस गुरु योजना बनाई अगाडि वढन सकेमा मात्र सेवा विस्तार र विकासमा टेवा पुग्नेछ । हाल अस्पतालको अवस्था हेर्दा विभिन्न किसिमका चुनौती र समस्याले अल्झीएको अवस्थामा रहेको यस अस्पतालाई अगाडि बढाउन योजना सहितको कार्यक्रम आउनु जरुरी भएको छ । ५० औं स्वर्ण जयन्तीको अवसरमा अव आउने दिनहरुमा कान्ति बाल अस्पतालमा देशका कुनै पनि कुनाबाट आउने विरामीहरुलाई उसले खोजेको सेवा र सुविधा दिन सकोस भन्दै प्रगतीको मार्गमा अगाडि बढीरहोस् ।