Dr. Binod Man Shrestha

के हामी जान्दछौं ?

डा. विनोद मान श्रेष्ठ

‘म’को हुँ? म कुन वस्तुको सूचक हुँ ? आज कसैलाइृ उसको परिचय वारे सोध्यो भने उसले तुरुन्तै आफ्नै शरीरको नाउँ अथवा आफ्नो पेशा बारे भनिदिन्छ । वास्तवमा ‘म’ शब्द शरीर होइन । “यो हात ‘मेरो’ हो, यो आँखा ‘मेरो’हो भन्ने त्यो ‘म’(शक्ति) यो शरीरबाट भिन्न मन, बुद्धि र संस्कार सहित अविनाशी चेतन आत्मा हो । मानिस आत्मा र शरीर मिलेर बनेको एउटा जीवात्मा हो जसमा विचार र निर्णय गर्ने शक्ति हुन्छ । आत्मा एक ‘ज्योतिर्बिन्दू’शक्त हो, जो मानिसको निधार (भृकुटी) को मध्य भागमा बस्दछ, जहाँ हामीले टीका लगाउने गर्दछौं ।

शरीर र आत्माको रहस्यलाई मोटर (कार) र ड्राइभरको उदाहरणबाट अझ राम्रारी स्पष्ट गर्न सकिन्छ । जसरी कार चालनउ एउटा ड्राइभर चाहिन्छ, त्यसै गरी शरीररुपी कार चलाउन आत्मारुपी ड्राइभर चाहिन्छ । कार चलाउने उक्त ड्राइभर पूर्ण रुपले सिपालु छैन भने त्यो कार दुर्घटनाग्रस्त हुन सक्छ । त्यसैगरी जुन मानिसलाई आफ्नो बारेमा पूर्ण जानकारी छैन भने ऊ स्वयं दुःखी र अशान्त हुन्छ । शरीररुपी कारलाई सफा राख्नु तथा आवश्यक आहार दिनु आदि यी ड्राइभररुपी आत्माका कर्तव्य हुन् । कार पुरानो भएपछि त्यसको सटृा नयाँ कार फेरे जस्तै मानव आत्माले पनि मृत्युपश्चात पुरानो शरीर छोडेर फेरी अर्को गर्भमा प्रवेश गर्दछ र बच्चाको रुपमा एउटा नयाँ काररुपी शरीर प्राप्त गर्दछ । ध्यान दिनु पर्ने कुरो के हो भने मावन आत्माले यस सृष्टि चक्रमा बढी भन्दा बढी ८४ पल्ट जन्म–पुनर्जन्म लिन्छ । आँपको कोयोबाट जसरी लप्सी फल्दैन अर्थात “जस्तो बीउ त्यस्तै बृक्ष’’ हुन्छ, त्यसरीनै मानव आत्मा पनि मानिस भएरै जन्मन्छ, पशु–पंछी, कीट आदि भएर हैन । यदि यस्तो भएको भए मानिसको जनसंख्या बढ्नुको सटृा बरु घटदै जान्थ्यो ।

हामी आत्माहरुका दुई पिता छन् – एउटा शरीको लौकिक पिता र अर्को आत्माको पारलौकिक पिता ‘परमपिता परमात्मा शिव’ । ईश्वर, अल्लाह, भगवान, न्इम् खुदा, सद्गुरु उनै निराकार परमात्मा शिवको विभिन्न नाम हुन् – जो जन्म –मरणबाट न्यारा, ज्ञानका सागर, दुःखहर्ता, सुख–कर्ता, पतित–पावन र सर्व कल्याणकारी हुनुहुन्छ । बह्मा, विष्णु र शंकर (महादेव) – यि तीन सूक्ष्म शरीरधारीलाई रचने “त्रिमूर्ति’’ शिव परमात्मा (स्वचिता) को निवास स्थान परमधाम (शान्तिधाम) हो । परमधाम हाम्रो यस सूर्य–चंद्रको संसार भन्दा पनि टाढा छ, जहाँबाट हामी सबै आत्माहरु यस सृटि रंगमन्जमा आ–आफ्नो पार्ट अनुसार अभिनय गर्न आउँदछौं । यो सृष्टि चक्रको आयु जम्मा ५००० बर्ष हुन्छ, जसमा सत्युग, त्रेतायुग, द्वापर युग र कलियुग गरी चार युग हुन्छन् । प्रत्येक युगको आयु १२५० वर्ष हुन्छ । हरेक ५००० बर्ष (एक कल्प) पछि चारवटै युगको पुनरावृत्ति एक–एक गरी जस्तोको त्यस्तै किसिमले हुन्छ । हरेक ५००० बर्षै पछि कलियुग र सत्युगको बीचमा यानि संगमयुगमा सर्वशक्तिमान शिव बाबाको अवतरण हुने गर्दछ । परमात्मा शिवबाबाको अवतरण भएको अहिले ७५ बर्ष (सन् १९३७ ) मा भैसक्यो ।

हामी मानिसको जीवनमा एउटै श्रेष्ठ लक्ष्य डाक्टर÷इन्जिनियर आदि बन्ने नभई मानिसबाट देवी–देवता बन्नु हो । त्यसैले आफ्नो पवित्रता–सुख–शान्तिको दैवी जन्म–सिद्ध अधिकार प्राप्त गर्न उनै शिव बाबालाई प्रेमले यादगरौं, उनको श्रीमतमा चलौं र उनले उठाएको विश्व कल्याणको अभियान÷यज्ञमा एकजुट होऔं÷लागौं “अहिले हुन्न भने कहिल्यै हुन्न ।’’